Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ओली पक्षले सभामुखलाई यी विषयमा ध्यानाकर्षण गरायो

ओली पक्षले सभामुखलाई यी विषयमा ध्यानाकर्षण गरायो

  • 435
    SHARES
  • ओली पक्षले सभामुखलाई यी विषयमा ध्यानाकर्षण गरायो

    काठमाडौं । नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न ढिलाई गरेकोमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाल पक्षका १४ जना सांसदहरुलाई कारबाही गर्न ढिलाई भएकोप्रति ध्यानाकर्षण गराएको हो ।

    आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सभामुखले नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरुलाई मान्य नहुने उनको भनाइ छ । 

    एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो आफूहरुलाई मान्य नहुने उनले चेतावनी दिए । भेटपछि सभामुख सापकोटाले उक्त विषय छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने आश्वासन दिएको भट्टराईले जानकारी दिए । यता एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij