Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एक्लिदै माधव नेपाल, यी नेताहरूले दिएनन् साथ

एक्लिदै माधव नेपाल, यी नेताहरूले दिएनन् साथ

  • 653
    SHARES
  • एक्लिदै माधव नेपाल, यी नेताहरूले दिएनन् साथ

    काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरूले वरिष्ठ नेता माधव नेपाललाई पार्टी विभाजनमा साथ दिन नसकिने बताएका छन् । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै हालसम्म नेपालकै पक्षमा रहेका स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन गर्ने निर्णयमा नेपालको समर्थन नगर्ने बताएका हुन् ।

    नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपालनिकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गरेका छन् । केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरूको भनाइ छ । 

    स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्रै पार्टी विभाजनका लागि नेपाललाई साथ दिएका छन् । नयाँ वानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा नेपालले दल विभाजन निश्चित भएको भन्दै स्थायी कमिटीका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

    घनश्याम भुसालले त्यसको संयोजन गरिरहेको नेपालनिकट नेताहरूले बताएका छन् । २ जेठ ०७८ मा बनेको एकता कार्यदलका सदस्यसमेत रहेका रघुजी पन्त पनि विभाजनको पक्षमा खडा हुन नमानेपछि नयाँ दलमा नेपाल कमजोर देखिने बुझिएको छ ।

    एमाले स्थायी कमिटीमा माधव नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई,  सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अमृत बोहरा छन् ।

    एकताका लागि दबाब दिने केन्द्रीय नेताहरूमा भीम रावल, सुरेन्द्र पाण्डे, प्रदीप नेपाल, योगेश भट्टराई, अमृत बोहरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरुण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, नीरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडा, धर्मराज निरौला, प्रकाश शाह, भाष्कर काफ्ले, सुधीर शाह छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij