Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा नेपाल पक्ष, पर्खाइ शितल निवासको

दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा नेपाल पक्ष, पर्खाइ शितल निवासको

  • 586
    SHARES
  • दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा नेपाल पक्ष, पर्खाइ शितल निवासको

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छ । सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि संस्थापनसँग छुट्टिने निर्णय गरिसकेको नेपाल पक्ष यतिबेला शितल निवासको पर्खाइमा छ ।

    मंगलबार मन्त्रिपरिषद्को बैठकले सिफरिस गरेको उक्त अध्यादेश लिएर प्रधानमन्त्री शेरबहादुरसहित नेताहरू दिउँसो नै शितल निवास पुगेका थिए । तर राष्ट्रपति कार्यालयले त्यसमा तोक लगाउनका लागि बुधबारसम्मको म्याद दिएपछि नेपालक्ष सोही समयसीमाको पर्खाइमा छ ।

    बुधबार केही बेरमा नै राष्ट्रपति कार्यालयबाट उक्त अध्यादेश प्रमाणीकरणसहित तोक लाग्नेछ । त्यसलगत्तै नेपाल पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छ । नेपाल पक्षले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको निकटस्थ स्रोतले जानकारी दिएको छ । 

    राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरीले जानकारी दिए । ‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ उनले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा गएर दल दर्ताका लागि तयारी अवस्थामा छौं ।’

    नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिएको बताइएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछि अध्यादेश ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij