वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेता महन्थ ठाकुरले मंगलबार बालुवाटर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा उनले निर्वाचन आयोगले पक्षपाती निर्णय गरेर आफूलाई दलविहीन अवस्थामा पुर्याएको भन्दै गुनासो गरेका छन् ।
राजेन्द्र महतोसहितका नेताहरूका साथमा बालुवाटार पुगेका उनले आफ्नो पक्षलाई दल दर्ताको लागि कानूनी सहजता मिलाइदिन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष उपेन्द्र यादवपक्षको पार्टी केन्द्रीय कार्य समितिको बैठक चलिरहँदा यता ठाकुर पक्षले प्रधानमन्त्री देउवासमक्ष आफूहरू दलविहीन बनेको गुनासो गरेको हो ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद समाधानका लागि ११ साउनमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष पार्टीभित्रै एक्लिएको हो ।
सरकारले मंगलबार जारी गरेको अध्यादेशले ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि सहयोग गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij