वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले नेपाली जनताले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चाहिरहेको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।
‘अफगानिस्तानमा तालिवानले विद्रोह मच्चाउँदा त्यहाँ रहेका नेपाली नागरिकलाई तत्काल नेपाल ल्याउन परमादेशबाट बनेको यो सरकारले किन ध्यान नदिएको हो ? म यसतर्फ सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले कोभिड–१९ संक्रमण बढेपछि चीनको बुहानबाट नेपाली नागरिकलाई स्वदेश ल्याइएको र ०७३ सालमा पनि केपी शर्मा ओलीकै सरकारको पालामा अफगानिस्तानमा युद्ध हुँदा त्यहाँबाट नेपाली नागरिक फिर्ता ल्याइएको दाबी गरे ।
यस्तै महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी गर्दै उक्त घटनाका दोषीलाई छानविन गरी कारबाही गर्न यो सरकारले नसकेको भन्दै उनले सरकारको आलोचना गरे । नेपाल र नेपाली नागरिकका पक्षमा राम्रो काम गरेकाले जनताले अझै पनि केपी शर्मा ओलीलाई जनताले सम्झिरहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij