Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जसपा ठाकुर पक्षको मुद्दाको सर्वोच्चमा आज सुनुवाइ हुँदै

जसपा ठाकुर पक्षको मुद्दाको सर्वोच्चमा आज सुनुवाइ हुँदै

  • 482
    SHARES
  • जसपा ठाकुर पक्षको मुद्दाको सर्वोच्चमा  आज सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा सोमबार सुनुवाइ हुँदैछ ।  न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ । ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत पार्टी सदस्यलाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।

    निर्वाचन आयोगले ७ साउनमा जसपाको विवाद समाधानका लागि तत्कालीन अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव पक्षका सबै कार्यकारिणी समिति सदस्यलाई आयोग बोलाएर ‘हेड एमाउन्ट’ गर्ने निर्णयविरुद्ध ८ साउनमा ठाकुर पक्षले रिट निवेदन दिएको थियो । त्यसमा सर्वोच्चले १० साउनमा अन्तरिम आदेश दिन अस्किकार गरेको थियो ।  

    यसपछि ११ साउनमा आयोगबाट यादव पक्षले पाएको आधिकारिकताविरुद्ध ठाकुर पक्षले १४ साउनमा  सर्वोच्चमा रिट दिएको थियो । सो रिटमा २० साउनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सोमबार सुनुवाइ हुने भएको हो । यता निर्वाचन आयोगले जसपमा अब यादव मात्र अध्यक्ष रहने गरी दल दर्ता किताबबाट ठाकुरको नाम अध्यक्षबाट हटाइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij