वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ । एमाले विदेश विभागका प्रमुख डा। राजन भट्टराईले संसदमा विपक्षीका तर्फबाट यो विषय उठाइएको पनि धेरै दिन भइसके पनि सरकारले यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
‘अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ रु कि परमादेशबाट आएकालाई मिल्छ रु’ उनले आइतबार ट्वीटमार्फत भनेका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाहेकका सहर तालिवान विद्रोहीले नियन्त्रणमा लिइसकेका छन् भने काबुल सहर पनि नियन्त्रणमा लिने उनीहरूको दाबी छ ।
संयुक्त राष्ट्रसंघले काबुलसहित अन्य सहरको अवस्था नियन्त्रणबाहिर गएको बताइसक्दा पनि रोजगारी र अध्ययनका लागि अफगानस्थानमा रहेका नेपाली नागरिगकलाई सरकारले फिर्ता नबोलाउनु सरकारको लाचारी भएको डा। भट्टराईको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij