Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव   

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव   

  • 500
    SHARES
  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव   

    काठमाडाैं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । 

    केन्द्रीय कमिटीको शनिबारबाट सुरु बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्दै उनले पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

    प्रचण्डले राखेको प्रस्तावमा यही भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

    असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरू गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । त्यस्तै बैठकमा प्रचण्डले विधान मस्यौदा प्रतिवेदन पेश गरेका थिए । विधान कार्यदल र संगठनात्मक कार्यदलले अघि सारेका प्रस्तावहरुका साथै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न विभिन्न ८ समूह गठन गरिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    सात प्रदेशका सात वटा र भूगोल बाहेकका केन्द्रीय सदस्यहरुको १ गरि ८ समूहमा छलफल गरेर आइतबार ११ बजे बस्ने बैठकमा सुझाव पेश गर्ने कार्यतालिका रहेको उनले बताए । 

    त्यसअघि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरु नयाँ योजनाका साथ अघि आउन सक्ने संभावना रहेकाले पार्टी पंक्ति सचेत हुनुपर्ने बताए । 

    बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरू हुनुअघि पार्टीका केन्द्रीय सदस्यहरूकाे एन्टिजेन विधिबाट काेराेना परीक्षण गरिएकाे थियाे ।

    परीक्षणमा रिपोर्ट नेगेटिभ आएका सदस्यहरुलाई बैठकमा सहभागी गराइएको माओवादीले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा ठाँउको अभाव भएपछि माओवादीले अनुपम फुडल्याण्डमा बैठक आयोजना गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij