वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद आशाकुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पति छानबिन गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै सरकारले त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।
‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल–टोलमा सुनिन्छ,’ उनले भनिन्, ‘देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस् भन्ने माग गर्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij