Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रेनु दाहालको सक्रियतामा जमिन सिँचाइका लागि २८ ठाउँमा डिप बोरिङ जडान

रेनु दाहालको सक्रियतामा जमिन सिँचाइका लागि २८ ठाउँमा डिप बोरिङ जडान

  • 620
    SHARES
  • रेनु दाहालको सक्रियतामा जमिन सिँचाइका लागि २८ ठाउँमा डिप बोरिङ जडान

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको सक्रियतामा महानगर क्षेत्रका २८ स्थानमा जमिन सिँचाइका लागि डिप बोरिङ निर्माणका लागि ठेक्का लगाई निर्माण कार्य सुरु गरिएको छ ।

    महानगर पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नम्बर तीनभित्रका कृषियोग्य जमिनमा सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउनका लागि डिप बोरिङ जडान गरिएको हो । 

    संघीय सरकारको भुमिगत सिँचाइ आयोजनाअन्तर्गत महानगरपालिकाको सक्रियतामा २८ स्थानमा डिप बोरिङ जडानकालागि ठेक्का लगाई निर्माणकार्य सुरु भएको मेयर दाहालले जानकारी दिइन् । महानगरपालिकाका १४, २४, २५, २७ र १८ लगायतका वडामा काम सम्पन्न भएको र केही दिनमै बोरिङ  सञ्चालनमा आउने उनको भनाइ छ । 

    ‘बाँकी स्थानको काम अगाडि बढ्ने क्रममा रहेको छ । यसले पक्कै पनि आउने दिनमा सिँचाइका लागि पानीको अभावलाई परिपूर्ति गरी किसानको समस्या समाधान गर्ने विश्वास लिएका छौं,’ मेयर दाहालले भनिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij