Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चेन्नई अवतरण गर्ने बेला इन्डिगोको एउटा इन्जिन खराब, आपतकालीन अवतरण

चेन्नई अवतरण गर्ने बेला इन्डिगोको एउटा इन्जिन खराब, आपतकालीन अवतरण

  • 108
    SHARES
  • चेन्नई अवतरण गर्ने बेला इन्डिगोको एउटा इन्जिन खराब, आपतकालीन अवतरण

    नयाँ दिल्ली । कोलकाताबाट मंगलबार राति चेन्नई उडेको इन्डिगो विमानको देब्रे इन्जिन बिग्रेपछि आपतकालीन अवतरण गरिएको छ ।

    कोलकाताबाट २२४ यात्रु बोकेर उडेको विमान अवतरण गर्नु ठिक अघि एउटा इन्जिनमा खराबी आएको पाइलटले थाहा पाएका थिए । लगत्तै उनले चेन्नई विमानस्थलको हवाई ट्राफिक नियन्त्रणलाई सूचना दिए ।

    अवतरणको केही मिनेट अघि मात्र इन्जिनमा खराबी आएपछि विमानस्थलमा तत्काल आपतकालीन सूचना जारी गरेर अवतरण गराइएको थियो । राति पौने १२ बजे उक्त विमान चेन्नई अवतरण गर्नुपर्ने थियो । भारतीय विमानस्थल प्राधिकरण अधिकारीहरूका अनुसार २२४ जना यात्रु बोकेर कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगो उडान ६ई–७२३ को एउटा इन्जिनमा खराबी आएपछि आपतकाल लगाएर विमान अवतरण गराइएको हो । आपतकालीन अवस्थामा तोकिएको भन्दा सात मिनेट ढिलोगरी विमान सुरक्षित अवतरण भयो । 

    विमान सुरक्षित अवतरण भएको १० मिनेटमै आपतकालीन अवस्था हटाएर विमानस्थल सहज सञ्चालनमा आएको थियो । अवतरणको तयारी गर्दा पाइलटले बायाँ इन्जिनमा खराबी भएको पत्ता लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij