Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अवधि नपुग्दै आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा केसी नियुक्त

अवधि नपुग्दै आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा केसी नियुक्त

  • कार्तिक १९, २०८३ बुधवार १४:५८ बजे
  • 269
    SHARES
  • अवधि नपुग्दै आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा केसी नियुक्त

    काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    कार्कीको अवधि बाँकी हुँदै उनलाई उक्त जिम्मेबारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय सरकारले गरेको हो ।

    रिक्त भएको महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई पदोन्नति गरिएको छ । कार्की र केसी एकै व्याजका प्रहरी अधिकृत हुन ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको पदस्थापना प्रधानमन्त्री कार्यालय र केसीको बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij