Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा साढे चार महिना यताकै कम संक्रमित 

भारतमा साढे चार महिना यताकै कम संक्रमित 

  • 521
    SHARES
  • भारतमा साढे चार महिना यताकै कम संक्रमित 

    नयाँ दिल्ली । भारतका पछिल्लो २४ घण्टाभित्र नयाँ कोरोना संक्रमित थपिनेको संख्या घटेको छ । केही दिनयता संक्रमित बढ्दै गएर दैनिक ४० हजारभन्दा बढी पुगिरहेको बेला सोमबारको तथ्यांकले केही राहत दिएको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २७ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् । गत मार्च १५ तारिख यता दैनिक संक्रमितको यो संख्या सबैभन्दा कम हो ।   यो अवधिमा ४१ हजार ४५७ जना संक्रमित निको भएका छन् । 

    योसँगै संक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या तीन लाख ८२ हजार मात्र छ । सक्रिय संक्रतिको संख्या साढे चार महिना यताकै कम भएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी सोमबार भारतमा ३७६ जनाको संक्रमणका कारण निधन भएको छ । यासमेत हालसम्म भारतमा संक्रमणका कारण निधन हुनेको संख्या ४ लाख २८ हजार नाघेको छ । 

    भारतमा ३ करोड १९ लाखजना संक्रमित भइसकेका छन भने ३ करोड ११ लाखजना निको भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij