Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमालेको स्थायी समिति र केन्द्रीय समिति बैठक आज, के छन् एजेण्डा? 

एमालेको स्थायी समिति र केन्द्रीय समिति बैठक आज, के छन् एजेण्डा? 

  • श्रावण २५, २०७८ सोमवार १०:०४ बजे
  • 857
    SHARES
  • एमालेको स्थायी समिति र केन्द्रीय समिति बैठक आज, के छन् एजेण्डा? 

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ। यस्तै  अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिए।

    दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको हो। एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टा छुट्टै बैठक गरिरहेका छन्। लामो समयदेखि अध्यक्ष ओली र नेपाल पक्षबीच विभिन्न विषयमा विवाद छ।

    गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएपछि ओली र नेपालबीच थप तिक्तता उत्पन्न भएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij