Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

फिफा विश्वकपमा पोर्चुगलसँग उज्बेकिस्तान पराजित

फिफा विश्वकपमा पोर्चुगलसँग उज्बेकिस्तान पराजित

  • 89
    SHARES
  • फिफा विश्वकपमा पोर्चुगलसँग उज्बेकिस्तान पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५-० गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गरेका थिए ।  

    खेलको पहिलो हाफमा पोर्चुगलले उज्वेकिस्तानविरुद्ध ३-० को सहज अग्रता बनाएको थियो । दोस्रो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र नुनो मेन्डेसले एक गोल गरे । खेलको सुरुवातदेखि नै दबाब बनाएको पोर्चुगलका लागि रोनाल्डोले छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १७ औं मिनेटमा नुनो मेन्डेसले दोस्रो गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा रोनाल्डोले पुनः गोल गरेपछि पोर्चुगल बलियो स्थितिमा पुगेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij