Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नर्वेसँग सेनेगल पराजित

नर्वेसँग सेनेगल पराजित

  • 83
    SHARES
  • नर्वेसँग सेनेगल पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ ।  न्युयोर्क(न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो । खेलको पहिलो हाफमै १(० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

    दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गरे । खोलको ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए । खेलको ५८औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई ३-१ को अग्रता बनाए । सेनेगलले अन्तिममा थपिएको ३ मिनेटमा इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३-२ मा ल्याए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij