Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विश्वकप समूह ‘एफ’ को खेलमा स्विडेनलाई पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

विश्वकप समूह ‘एफ’ को खेलमा स्विडेनलाई पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

  • 66
    SHARES
  • विश्वकप समूह ‘एफ’ को खेलमा स्विडेनलाई पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सको शानदार जित भएको छ । ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

    कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई/दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबेयको सामु पुगेपछि उनले दोस्रो गोल गरे ।

    दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले नेदरल्यान्ड्सको अग्रता ३-० बनाए । ५४औँ मिनेटमा गाक्पोले दोस्रो गोल गर्दै स्कोर ४-० पुर्‍याए । ५९औँ मिनेटमा स्विडेनका वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल फर्काए । तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सको ५-१ को शानदार जित सुनिश्चित गरे । यो नतिजासँगै नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij