Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

  • 92
    SHARES
  • नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको हो ।

    टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो । नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए ।

    डा.ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij