Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि सुरु हुने

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि सुरु हुने

  • 122
    SHARES
  • चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि सुरु हुने

    काठमाडौं । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए ।

    मन्त्री पोखरेलले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको जनाए । सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौँ भने उनीहरुलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाई छ । मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन् ।

    मन्त्री पोखरेलले भने,‘राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउन चाहन्छौं । नेपालमा २७ हजार विद्यालय छन्, लाखौं विद्यार्थीहरु हुनुहुन्छ । हामीले सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौं र यहाँहरुलाई एउटा खेलाडीको रुपमा पनि ल्याउन सकिन्छ भन्ने भिजनबाट अगाडि बढ्यौं भने राम्रो हुन्छ । सानो उमेरबाट लगानी गर्न सक्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्व दिएर राख्ने छौं ।’ आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे फरम्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुनेछ । यस पटक १०/१२ टीमलाई सहभागी जनाउने आयोजकले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij