Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कर्णालीमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो छ : मन्त्री भण्डारी

कर्णालीमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो छ : मन्त्री भण्डारी

  • 97
    SHARES
  • कर्णालीमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो छ : मन्त्री भण्डारी

    मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो रहेको बताएका छन् । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्न जुम्ला जिल्लाको हिमा गाउँपालिका-स्थित ओदी गाउँ पुगेका मन्त्री भण्डारीले खेलकुदले पछिल्लो समय सामाजिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    मन्त्री भण्डारीले जुम्लाबाट छनोट हुने टोली अन्य जिल्ला सँग प्रतिस्पर्धा गर्न सक्षम बन्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई उच्च स्तरको प्रदर्शन गर्न आग्रह गरे। साथै, कर्णालीका खेलाडीले अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अनुशासन र आत्मविश्वासका साथ खेल्नुपर्नेमा जोड दिए 

    मन्त्री भण्डारीले युवाहरूलाई विदेश जाने सोचभन्दा आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्दै जुम्लाबाट छनोट भएको टोलीले कर्णालीको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij