Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

‘केपी ओलीको पार्टी नेकपा (ओली),चुनाव चिह्न बयलगाढा ’ : नेता चौधरी

‘केपी ओलीको पार्टी नेकपा (ओली),चुनाव चिह्न बयलगाढा ’ : नेता चौधरी

  • 819
    SHARES
  • ‘केपी ओलीको पार्टी नेकपा (ओली),चुनाव चिह्न बयलगाढा ’ : नेता चौधरी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता मेटमणि चौधरीले ओलीले नयाँ पार्टी गठनका लागि बाध्य पारेको भन्दै अब ओलीको पार्टीको नाम नेकपा (ओली) र चुनाव चिन्ह बयलगाढा हुने तर्क गरे । माधव पक्षको केन्द्रीय कमिटी बैठक अघि बसेको स्थायी कमिटीको निर्णय सुनाउादै चौधरीले केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा त्यसतर्फ अघि बढ्नेगरी छलफल भएको जानकारी दिए ।

    “एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन ।  ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij