Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

  • 78
    SHARES
  • एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

    काठमाडौं । एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

    लाओसको  नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो ‘हाफ’सम्म प्रतिरक्षा गरिरहेको  नेपालले दोस्रो ‘हाफ’मा गोल खायो । लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिए । 

    नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि अन्ततः हार बेहोर्नुप¥यो ।  नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । समूह ‘एफ’मा नेपालले छ खेलबाट तीन अंक मात्र जोडेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij