वेबटिभी खबर
काठमाडौं । टी-२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राति सवा ७ बजे सुरु हुनेछ ।
न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी-२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । यसैगरी, भारत तीन पटक टी-२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।
फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij