काठमाडौं– टोकियो ओलम्पिक २०२० को फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। ब्राजिलले मेक्सिको र स्पेनले आयोजक जापानलाई हराउँदै फाइनल यात्रा तय गरेका छन्।
ब्राजिल लगातार तेस्रो पटक ओलम्पिक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सन् २०१२ को लन्डन ओलम्पिकमा ब्राजिल मेक्सिकोसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो। २०१६ को रियो ओलम्पिकमा जर्मनीलाई हराउँदै ब्राजित ओलम्पिक विजेता बनेको थियो।
फाइनल खेल अगस्ट ७ मा हुनेछ। पराजित मेक्सिको र जापानले कास्य पदकका लागि अगस्ट ६ मा खेल्नेछन्।
महिलातर्फको खेलको फाइनलमा भने स्विडेनले क्यानडाको सामना गर्नेछ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij