Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सम्पन्न, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सम्पन्न, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

  • 89
    SHARES
  • आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सम्पन्न, सर्वोत्कृष्ट फाइटर र टोलीलाई ट्रफी

    काठमाडौं । नेपाल सोतोकान कराँते संघको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकिएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका-२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन भएको थियो ।

    उक्त प्रतियोगिताको अध्यक्षत नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले गरेका थिए । दुई दिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा भएको थियो । खेलमा कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतिस्पर्धा गरिएको थियो । कुमुतेको मिनी सब जुनियर (५-९ वर्ष) तर्फ १५ केजी, २० केजीमुनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा भएको थियो ।

    यसै उमेर समूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा भएको हो । सब जुनियर (१०-१२ वर्ष उमेर समूह) काता र कुमुेतमा पनि खेल हुने भएको हो भने यसै उमेर समूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा भएको हो । क्याडेट (१३-१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौल समूहमा खेल हुनुका साथै क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा भएको हो । जुनियर कुमुते (१६-१८ वर्ष)तर्फ पुरुषमा ६ तौल समूह र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो ।

    यसै उमेर समूहमा पुरुषतर्फ खुला कुमुते भएको आयोजकले जनाएको छ । सिनियर कुमुते (१९-४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि)एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् । महिला टिम खुला र पुरुष टिम कातामा खेल भएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गरेका थिए । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij