Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

  • 118
    SHARES
  • टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

    नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij