Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एनपीएलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

एनपीएलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

  • 74
    SHARES
  • एनपीएलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने

    काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । आज त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।

    आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij