Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

  • 97
    SHARES
  • काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाडौं निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो ।

    काठमाडौंका लागि ओपनर वेन चाल्र्सवेथ्ये ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै  सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए । काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ ।

    पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २मापर्दैक्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij