वेबटिभी खबर
झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलमा खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानबिन गर्न शनिबार समिति गठन भएको छ ।
जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिबार चन्द्रगढीमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं.हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।
बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको थियो । समितिले सो घटनाको यथार्थ छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । समितिले जिल्लास्थित कोरोना नियन्त्रण तथा प्रकोप व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij