Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एसिसी यु-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

एसिसी यु-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

  • मंसिर १५, २०८२ सोमवार ०८:४० बजे
  • 74
    SHARES
  • एसिसी यु-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

    काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ ।

    पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो । खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ ।

    नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन् ।

    सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । तेस्रो स्थानका लागि आज मलेसिया र ओमान भिड्दैछन् ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij