Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एनपीएल : चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

एनपीएल : चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

  • 93
    SHARES
  • एनपीएल : चितवन राइनोजद्वारा लुम्बिनी लायन्समाथि १४३ रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार)भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो ।

    बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकोथियो । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो ।

    चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij