वेबटिभी खबर
काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार- २०७७ का लागि ९ पुस्तकहरू छनौट गरेको छ ।
उक्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।
गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको मापदण्ड बनाइएको थियो ।
छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
यसअघि मदन पुरस्कार- २०७६ बाट चन्द्र प्रकाश बानियाँको महारानी उत्कृष्ट भएको थियो । पुरस्कार छनौटका लागि गुठीलाई २ सय २२ पुस्तकहरू प्राप्त भएको गुठीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij