Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट कसैलाई छैन : शेरचन

संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट कसैलाई छैन : शेरचन

  • श्रावण १५, २०७८ शुक्रवार १६:४२ बजे
  • 625
    SHARES
  • संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट कसैलाई छैन : शेरचन

    काठमाण्डौं । लुम्बिनी प्रदेशका  प्रमुख अमिक शेरचनले संविधानले निर्दिष्ट गरेका अधिकारभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।  शुक्रबार बुटवलस्थीत प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उनले संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक रुपमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् ।

    प्रमुख शेरचनले विद्यामान समावेशी र समानुपातिक सहितको सङ्घीय व्यवस्था अन्र्तराष्ट्रिय जगतका लागि  उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।  गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन उनले प्रदेश सरकारलाई आग्रह गरे । त्यस्तै उनले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij