Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

  • 72
    SHARES
  • टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

    एजेन्सी । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शंकामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।

    कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जि जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो ।

    कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शंकामा केन्द्रित रहेको छ । यसअघि टर्की फुटबल महासंघको अनुशासन परिषद्ले आचार संहिता उल्लंघन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ ।

    गत महिना महासंघले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीहरूमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्तहरु आकर्षित भएको खुलासा गरेको थियो ।

    रेफ्रीहरूले संयुक्त बयानमा ‘अपमानजनक आरोपहरू’ को निन्दा गर्दै उनीहरू मध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियम विपरित नगरेको जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij