Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

  • 124
    SHARES
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले  आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

    खेल नेपाली समयअनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो ।

    अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपालको १२ अंक छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij