वेबटिभी खबर
लिमा । गरिब परिवारमा जन्मेका पेद्रो कास्टियाले पेरूको राष्ट्रपतिकारूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका थिए । पच्चीस वर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट नै निर्वाचित हुने जनमत प्राप्त भएको देखिएको छ ।
उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ । उनले चुनावी र्यालीहरूमा एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन् भन्ने खालका गरिब र पिछडिएको समाजलाई प्रतिनिधित्व गर्ने सन्देशहरू प्रवाह गरिएको थियो । त्यसले सङ्घर्षशील पेरुवासीलाई उनले निर्वाचितमा सहयोगका लागि गरेको अपिलमा गरिब समुदायले साथ दिएको देखिएको छ ।
कास्टियोले आफूलाई सर्वसाधारण नागरिकको रूपमा प्रस्तुत गर्ने गर्छन् । कास्टियो काजामार्कामा क्षेत्रको परम्परागत सेतो ह्याटविना विरलै देखिन्छन् । उनले पेरूमा बहुसङ्ख्यक नागरिकको हित अनुकूल शासन नगरिएको दाबी गर्दै निर्वाचितमा पनि गरिबी तथा असमानतालाई सम्बोधन गर्न ‘बृहत् परिवर्तन’का लागि आह्वान गरेका छन् ।
कास्टियोका विरोधीहरूले राष्ट्रपति निर्बाचित कास्टियोलाई पेरूकोे ग्रामिण क्षेत्रको ठूलो खण्डमा लोकप्रिय कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका कट्टर वामपन्थीको रूपमा देखाउने कोसिस गरेका थिए । नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए । उनले प्राथमिक विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका थिए ।
कास्टियोले सन् २००२ देखि शिक्षणसँगै आफ्नो राजनीतिक यात्रा पनि सुरु गरेका थिए । सन् २०१७ मा भएको शिक्षक आन्दोलनबाट ख्याति कमाउनुपहिले उनले सन् २००० हजारको पहिलो दशकमा मेयरमा उठेर पराजित भएका थिए । सहरी क्षेत्रमा खासै नचिनिएका कास्टियाले राष्ट्रपतीय निर्वाचनमा १७ उम्मेद्वारलाई दौडबाट बाहिर पार्दै निर्वाचित भएका हुन् ।
पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भएका कास्टियोको निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मत रहेको निर्वाचन आयोगले पुष्टि गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि दिएको प्रतिक्रियामा उनले भने, ‘अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij