वेबटिभी खबर
सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुव्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका-५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् । शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका-९ मा बस्दै आएको छ । मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुव्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए ।
राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij