वेबटिभी खबर
काठमाडौं । बाढी पहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तुम्बेवा गाउँपालिका-४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।
फाल्गुनन्द गाउँपालिका-३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।
त्यस्त मिक्लाजुङ गाउँपालिका-३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी हुन् ।
फाल्गुनन्द गाउँपालिका-१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन् । त्यस्तै,फाल्गुनन्द-५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij