वेबटिभी खबर
विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।
त्यस्तै, माङसेवुङ गाउँपालिका–१, पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij