Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

  • 108
    SHARES
  • भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ

    रौतहट । रौतहट प्रहरीले एक ट्रक भन्सार छलेर ल्याइएको सामानसहित चालकलाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका–५ हनुमान मन्दिरबाट ना ६ ख ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको अवस्थामा बरामद गरेको हो ।

    ट्रक चालक, ट्रक र ट्रकमा लोड रहेको कफीको दाना, गुल, सेन्ट अतर, पान मसला, युरिया मल, सुर्ती, बिडी, हुका, लगायतको सामग्री बरामद गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । चाडपर्वको समयमा भन्सार छलेर ल्याइएको सामानसहित बरामद गरेको ट्रकलाई  रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

    उनका अनुसार ट्रक चालक धादिङको गल्छी गाउँपालिका–६ का ३० वर्षीय विनय लामालाई पक्राउ गरिएको हो । भन्सार चलान गरिएको ट्रक र सामान सहितको मूल्य ४७ लाख २८ हजार ६ सय ६६ रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij