Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो : प्रकाशमान सिंह

मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो : प्रकाशमान सिंह

  • 148
    SHARES
  • मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो : प्रकाशमान सिंह

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् ।

    विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए । उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि जनाए । सिंहले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे ।

    ‘प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा यस घरबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा छ । यो घर सबै जनताका लागि राजनीति मन्दिर जस्तो हो भनेर भन्ने गरेका छन् । हुनपनि सबैतिर प्रयास गर्दा पनि अन्तिम सहाराका लागि आउने घर यही हो । अहिले आन्दोलनका क्रममा जेनजीले पनि इतिहास मेटाउनुपर्छ भनेर लागेको होइनन् तर घुसपैठ भयो । कांग्रेसले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकताको आधारमा अरुदलहरुलाई पनि समावेश गरेर खेलेको भूमिकालाई लिएर जलाइएको हो । कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण नै यही हो’ उनले भने ।

    त्यस्तै उनले नेपाली कांग्रेस विधिको शासनलाई लिएर लडेको पार्टी भएकाले आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र दोषिलाई कारवाही हुनुपर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij