वेबटिभी खबर
काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट बिहीबार सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा ल्याएर लुकाई राखेको लत्ताकपडा सहित सप्लायर्सका संचालक अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ ।
नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडा सहित गोदाम संचालकलाइ नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामान र ब्यक्तिलाइ आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij