एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्पेसिन क्लब सेभियासँग बराबरीमा रोकिएको छ। प्रि–सिजनको मैत्रीपुर्ण खेलमा पीएसजी सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको हो।
पोर्चुगलमा मंगलबार राति भएको खेलमा पीएसजीले खेलमा दुईपटक पछि परेर पनि पूनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो ।
सेभियाका लागि इभान राकिटिक र ओस्कार रोड्रिग्वेजले गोल गरे। पीएसजीका मोउरो इकार्डी र केनी नगेराले बराबरी गोल फर्काए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij