Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अमिक शेरचन र तिलक परियार साविक प्रदेश प्रमुख बन्न नमिल्ने 

अमिक शेरचन र तिलक परियार साविक प्रदेश प्रमुख बन्न नमिल्ने 

  • 650
    SHARES
  • अमिक शेरचन र तिलक परियार साविक प्रदेश प्रमुख बन्न नमिल्ने 

    काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई साविक प्रदेशमा नियुक्ति गर्न सरकारसमक्ष नाम सिफरिस गर्ने निर्णय गरेको छ । तर उनीहरु दुवैले साविक प्रदेशमा प्रदेश प्रमुख बन्न संविधानतः नपाउने देखिएको छ । 

    माओवादी स्थायी कमिटीको मंगलबार बसेको बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आजै बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाउन तयारी पनि भएको बालुवाटार स्रोतले जनाएको थियो । 

    तर,संविधानको धारा १६३ को उपधारा ४ को व्यवस्थाअनुसार, ‘एउटै व्यक्ति एक पटकभन्दा बढी साविककै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नपाउने,’ भएकाले शेरचन र परियारलाई अन्य प्रदेशमा नियुक्ति गर्नुपर्ने विकल्प माओवादीलाई छ । अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुख बर्खास्त गरेर नयाँ नियुक्त गर्ने सरकारको तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij