Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, सशस्त्रका ६ जना घाइते

सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, सशस्त्रका ६ जना घाइते

  • 150
    SHARES
  • सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, सशस्त्रका ६ जना घाइते

    धनुषा । धनुषाको विदेह नगरपालिका-२ स्थित गोबराही ईलाकामा असार १९ गते तस्कर समूहसँगको झडपमा  ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

    सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मोटरसाईकलमा अवैध सामान लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं‌ ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले शंकास्पद व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा एउटा मोटरसाईकललाई नियन्त्रणमा लिएको थियो ।

    साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी १००/१५० जनाको संख्यामा लुखिछिपी बसेका ती व्यक्तिहरुले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका  थिए ।

    सोही क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको सहप्रवक्ता थापाले जानकारी दिए । स्थिति नियन्त्रण गर्न  सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको उनको भनाइ छ ।

    सहप्रवक्ता थापाका अनुसार घाइते भएकाहरु मध्ये ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij