Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एक व्यक्ति मृत अवस्थामा फेला

एक व्यक्ति मृत अवस्थामा फेला

  • 124
    SHARES
  • एक व्यक्ति मृत अवस्थामा फेला

    सिरहा । अर्नमा गाउँपालिकाको वडा नं १ बुढियाचाप गाउँमा एक  युवाको शव फेला परेको छ । मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन् । घरबाट करिब एक किलोमिटरको दुरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शव फेला परेको हो ।

    मन्सुरीले खेतमा बाली कुर्न बनाएको मचान छेउमा शव फेला परेको हो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बीरेन्द्र पासवानका अनुसार सूचना पाउना साथ घटनास्थलमा गएर अनुसन्धान थालिएको छ ।

    मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले बताए अनुसार शुक्रबार राति अवेरसम्म मृतक महरा घरमै थिए ।

    बिहान एक्कासी उनको शव भेटियो । उनी शुक्रबार राति ९ बजे पत्नीलाई भनेर घरबाट निस्किएका थिए । प्रहरीले घटना शंकास्पद भएपनि कुनै सुराक फेला नपरेको जनाएको छ ।मृतक महराका दुई छोरा र एक पत्नी छन् । उनी मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij