Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संसदीय समितिमा ओली र नेपाल पक्षका सांसदहरुबीच चर्काचर्की

संसदीय समितिमा ओली र नेपाल पक्षका सांसदहरुबीच चर्काचर्की

  • 1.1K
    SHARES
  • संसदीय समितिमा ओली र नेपाल पक्षका सांसदहरुबीच चर्काचर्की

    काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरूबीच चर्चाचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्चाचर्की परेको हो ।

    सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे ।

    त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । ठूल्ठूला स्वरमा सांसदहरूले रानाकाे चर्काे आलाेचना गरेका थिए । केहीवेर वातावरण नै तनावग्रस्त बनेकाे थियाे । चर्काे स्वरमा झगडा हुन थालेपछि मर्यादापालकहरू बैठकस्थलमा प्रवेश गरेका थिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।

    बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरिन् । त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद फेरि पुनर्स्थापन गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरे ।

    नेपालले संसदलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदै सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए । समिति सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्नका लागि समिति क्रियाशिल रहेको बताइन् । उनले समितिको काम कारवाहीलाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij