Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कांग्रेस प्रवक्ता भन्छन्- पार्टीभित्र एकता अपरिहार्य छ

कांग्रेस प्रवक्ता भन्छन्- पार्टीभित्र एकता अपरिहार्य छ

  • 199
    SHARES
  • कांग्रेस प्रवक्ता भन्छन्- पार्टीभित्र एकता अपरिहार्य छ

    तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् ।

    नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताएका हुन् ।

    पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गरे ।

    प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij