Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

संसदमा रामहरिको प्रश्न–टोखाबाट बरामद २५ करोड अवैध रकमका धनी को हुन ?

संसदमा रामहरिको प्रश्न–टोखाबाट बरामद २५ करोड अवैध रकमका धनी को हुन ?

  • 142
    SHARES
  • संसदमा रामहरिको प्रश्न–टोखाबाट बरामद २५ करोड अवैध रकमका धनी को हुन ?

    काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले अवैध रुपमा ओसारपसार गर्न लाग्दा टोखाबाट समातिएको २५ करोड रुपैयाँका धानी को हो हुन भन्ने संसद्लाई जानकारी गराउन माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै खतिवडाले २५ करोड बराबरको विदेशी मुद्रा बरामद हुँदा ड्राइभर र लोडरलाई मात्र समातेर धनी उम्काउनु गलत भएको बताए । ‘धनीलाई किन पक्राउ परेनन् ?’ उनले प्रश्न गरे, ‘त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी चाहियो ।’

    टोखाबाट २५ करोड बराबरको अवैध रकमसँगै एक जना ड्राइभर र व्यापारीलाई समातिए पनि त्यसमा संलग्न मुख्य मान्छे को हो भन्ने खुल्नु पर्ने उनको भनाइ छ । उनले मुख्य मान्छेको सरकारले पत्ता लगाउन नसक्नुको कारण पनि माग गरे ।

    ‘ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने ?’ उनले भने, ‘त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन् ? त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij