Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हिउँदे र वर्षे बिदामा पठनपाठन गराएर शैक्षिक क्षति पुर्ति गर्न मन्त्रालयको अनुरोध

हिउँदे र वर्षे बिदामा पठनपाठन गराएर शैक्षिक क्षति पुर्ति गर्न मन्त्रालयको अनुरोध

  • 266
    SHARES
  • हिउँदे र वर्षे बिदामा पठनपाठन गराएर शैक्षिक क्षति पुर्ति गर्न मन्त्रालयको अनुरोध

    काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा गत चैतबाट सुरु भएको काठमाडौं केन्द्रीत सडक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पर्न गएको शैक्षिक क्षतिको पुर्ति हिउँदे अथवा वर्षे विदमा पठनपाठन गराएर गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

    मंगलबार मन्त्रालयका प्रवक्ता सिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक लगायत देशभरका सामुदायिक विद्यालयलाई उक्त आग्रह गरेका हुन् ।

    आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन, विद्यार्थी भर्ना, नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको उल्लेख गर्दै मन्त्रादलयले सबै सामुदायिक विद्यालयहरूलाई छुट्टै शैक्षिक तालिका बनाएर पठनपाठन तथा नतिजा प्रकाशनलगायतका कार्यहरू अगाडि बढाउन निर्देशन दिएको हो ।

    497568256_1116054953961532_4417552803495505269_n (1).jpg

  • सम्बन्धित विषय:

  • # पठनपाठन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij